आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस-दृश्य सहित

डिसेम्बर ८ मा हरेक वर्ष अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ । मर्यादित महिनावारी मानव अधिकारको आधार हो र यस दिवसले यौन या लैगिंक हिंसाको रूपमा महिनावारी भेदभावलाई व्याख्या गर्दै यसको अन्तका रूपमा आव्हान गर्दछ ।

सन् २०२५ यस अन्तर्राष्ट्रिय दिवसको सातौं संस्करण हो ।

वास्तवमा महिनावारी जीवनको प्राकृतिक तथ्य र प्रजनन उमेरका १.८ बिलियन व्यक्तिहरूको लागि मासिक रूपमा घटने सामान्य प्रक्रियागत घटन हो ।
तैपनि विश्वभरि लाखौँले आफ्नो महिनावारी चक्रलाई सम्मानजनक र स्वस्थ तरिकाले व्यवस्थापन गर्ने अधिकारबाट वञ्चित छन्। यस कारण पनि महिनावारी धेरै सामान्य हो र लाज मान्नु पर्दैन भन्ने सन्देशका साथ यस दिवस मनाइन थालिएको हो ।

२०२५ को अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको नारा Dignified Menstruation: Reclaim Inherent Dignity, Equity, and Inalienable Rights भन्ने रहेको छ ।

महिनावारी कुनै लाज या अपमान हुने कुरा होइन, यो प्रत्येक महिलाको स्वाभाविक र सम्मानयोग्य अवस्था हो। महिनावारीका कारण कसैलाई भेदभाव, बहिष्कार वा अपमान गर्नु मानवअधिकारविरुद्धको काम हो। त्यसैले सबैले महिनावारीलाई सामान्य रूपमा स्वीकार गर्दै, महिलाको जन्मजात सम्मान, समान व्यवहार र उनिहरूका आधारभूत अधिकार सुरक्षित गर्ने वातावरण बनाउनु पर्ने सन्देश यसले दिन्छ।

 

हाम्रो पात्रोबाट साभार