सिद्धार्थ बैंक लिमिटेडले भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरको छ । बैंकले ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’का अवरमा आयोजित अनग्राउन्ड कार्यक्रममा उक्त कार्ड सार्वजनिक गरकोे हो । विद्युतीय सेवालाई थप सुदृढ र पहुँचयोग्य बनाउन फोनपेसँगको साझेदारीमा सो कार्ड ल्याइएको बैंकले जनाएको छ ।
यससँगै ग्राहकले भौतिक कार्डविना नै १८ लाखभन्दा बढी ‘फोनपे क्युआर’ व्यापारीहरूमा छिटो, सुरक्षित र सम्पर्करहित भुक्तानी गर्न सक्नेछन् । डिजिटल रूपमा सक्रिय ग्राहकको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएको यस कार्डले तुरुन्त सक्रियता एवं नियन्त्रण तथा उच्च सुरक्षा प्रदान गर्ने बैंकले जनाएको छ । ग्राहकले ‘बैंक स्मार्ट एक्सपी’ मोबाइल बैंकिङ एपमार्फत तत्काल आवेदन दिन, कार्ड प्राप्त गर्न र सक्रिय गर्न सक्नेछन् । साथै, एपमार्फत सीमा व्यवस्थापन, कार्डलक तथा अनलक, स्टेटमेन्ट जाँच, भुक्तानी र अन्य व्यवस्थापन कार्य पनि सजिलै गर्न सक्ने बताइएको छ ।
यसै अवसरमा भर्चुअल कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ५० प्रतिशत वा अधिकतम सात सय ५० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यो अफर सीमित आगामी ७ जनवरीसम्म लागू हुनेछ ।
