रिलाइन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन भएको आधा घण्टा ९साढे १० बजेसम्म० मै ‘ओभर सब्सक्राइभ’ भएको छ । कम्पनीले आज ९सोमबार० देखि वैदेशिक रोजगारीमा गएकाहरुको लागि १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत कित्ता शेयर निष्काशन गरेको छ ।
आईपीओ निष्कासन भएको एक घण्टामै १ लाख १८ हजार ३४० कित्ताको लागि आवेदन परेको कम्पनीले जनाएको छ । विभिन्न ३६ बैंकबाट १ हजार ९७० लगानीकर्ताले आवेदन दिएका छन् । वैदेशिक रोजगारीमा गएकाहरुको लागि मंसिर २५ ९बिहीबार० सम्म आवेदन दिन सक्नेछन् ।
