सानिमा बैंकले मंसिर २१, २०८२ मा आफ्नो स्थापनाको २१औं वार्षिकोत्सव मनाएको छ। दुई दशकभन्दा बढी समयदेखि निरन्तर सेवा र प्रतिबद्धताका साथ बैंकले सबल र विश्वासिलो वित्तीय संस्था बन्न सफल भएको उपलक्ष्यमा बैंकले विशेष कार्यक्रम आयोजना गरेको हो।
बैंकले यस अवसरमा आफ्ना ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरूप्रति बैंकिङ्ग यात्रा भर देखाएको समर्थनका लागि हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
वार्षिकोत्सव कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले बैंक २१ वर्ष पुगेकोमा कर्मचारी, ग्राहक र सरोकारवालाहरुलाई बधाई दिँदै सबै कर्मचारीलाई बैंकको लक्ष्य हासिल गर्न सामूहिक प्रयासमा अघि बढ्न प्रेरित गरेका छन्।
हाल सानिमा बैंकका सातै प्रदेशमा १३४ वटा शाखा र १२७ वटा एटिएम सञ्चालनमा रहेका छन्। यस उपलब्धिले बैंकको पहुँच र सेवामा उल्लेखनीय वृद्धि भएको छ।
