महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

असार २३ – महालक्ष्मी विकास बैंक लिमिटेड अन्तर्राष्ट्रिय अवार्डबाड सम्मानित भएको छ । ‘बैंकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिमा उत्कृष्ट’ विधाअन्तर्गत बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको हो । भारतको नयाँदिल्लीमा आयोजित एक कार्यक्रमबिच इन्डियन बिजनेस अवार्ड कार्यक्रममा बैंकलाई उक्त अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो ।

बैंकका तर्फबाट वरिष्ठ अधिकृतहरूले उक्त सम्मान ग्रहण गरेका छन् । बैंकले आफ्नो ब्रान्ड प्रतिष्ठा सुधार गर्न, ग्राहक विश्वास बढाउन, बैंकिङ सेवामा नवप्रवर्तनका काम गर्न, उत्कृष्ट नेतृत्व तथा वृत्ति विकासका सुधारमा बैंकले गरेको उत्कृष्ट कार्यबापत बैंकले सो अवार्ड प्रदान गरिएको हो ।

साथै, दुई देशबिच सीमापार वित्तीय सेवा प्रवद्र्धन तथा भारतबाट नेपालमा भुक्तानीसम्बन्धी कार्य गर्दै आएको बैंकले यो अवार्डले नेपाल–भारतबिचको बैंकिङ सम्बन्धलाई थप बलियो बनाउने बताइएको छ । साथै, सीमापार व्यापार र रेमिट्यान्स अभिवृद्धि गर्नसमेत सहयोग पुर्‍याउने विश्वास बैंकले लिएको छ ।