नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडका कर्मचारी तथा बैंकका ग्राहकहरूलाई पाटन हेल्थ ल्याब प्रा.लि., थसिखेल–ललितपुरमा स्वास्थ्य सेवा लिन विशेष छुट उपलब्ध गरिने भएको छ। यसका लागि नेपाल बैंक र पाटन हेल्थ ल्याबबीच छुट सम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ।
सम्झौता अनुसार बैंकका कर्मचारी र बैंकमा खाता भएका ग्राहकले प्याथोलोजी ल्याबका विविध सेवा, निःशुल्क होम स्याम्पल कलेक्सन, तथा विभिन्न हेल्थ प्याकेजहरूमा १०% देखि ३०% सम्म छुट पाउनेछन्। यस सुविधाले बैंकका सेवाग्राहीलाई नियमित स्वास्थ्य परीक्षण तथा अन्य ल्याब सेवामा आर्थिक सहुलियत प्रदान गर्ने अपेक्षा गरिएको छ।
सम्झौतापत्रमा बैंकतर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र पाटन हेल्थ ल्याबतर्फबाट प्रबन्ध निर्देशक सरिता खड्काले हस्ताक्षर गरेका छन्।
