महालक्ष्मी विकास बैंकले भारतबाट ‘बैंकिङ नवप्रवर्तन र ग्राहक सन्तुष्टि’मा अन्तर्राष्ट्रिय पुरस्कार जित्यो

महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) ले अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै India Business Awards 2025 मा “Excellence in Banking Innovation and Customer Delight” पुरस्कार जितेको छ। यो सम्मान ७ डिसेम्बर २०८२ मा नयाँ दिल्लीमा सम्पन्न समारोहमा प्रदान गरिएको हो।

यो पुरस्कारले महालक्ष्मी विकास बैंकको वित्तीय नवप्रवर्तन, उत्कृष्ट सेवा प्रवाह, र ग्राहक केन्द्रित रणनीतिलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ। बैंकले नवप्रवर्तनात्मक वित्तीय सेवा, डिजिटल समाधान, सशक्त नेतृत्व, ब्रान्ड प्रतिष्ठा, ग्राहक विश्वास, सञ्चार माध्यममा साकारात्मक उपस्थिती र सामाजिक उत्तरदायित्व (CSR) मा गरेको योगदानको आधारमा यो सम्मान प्राप्त गरेको हो।

MLBL ले नेपालको वित्तीय क्षेत्रमा मात्रै नभई दक्षिण एसियाली बजारमा पनि आफ्नो दाबीलाई मजबुत बनाउँदै आएको छ। बैंकको रणनीतिमा नेपाल-भारत सीमा पार वित्तीय सेवा, दुवै देशबीच व्यापार प्रवाहलाई सहज बनाउने, र रेमिट्यान्स सेवा सुधार गर्नमा सक्रिय भूमिका रहेको छ। यस अन्तर्राष्ट्रिय पुरस्कारले यी प्रयासहरूलाई थप प्रोत्साहन दिने विश्वास बैंकले व्यक्त गरेको छ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त यस उपलब्धिले महालक्ष्मी विकास बैंकलाई ग्राहक केन्द्रित नवप्रवर्तनमा अग्रणी बैंकको रूपमा स्थापित गरेको छ। बैंकको डिजिटल रूपान्तरण र ग्राहक सन्तुष्टि केन्द्रित सेवा प्रवाहले यस क्षेत्रमा नयाँ मानक तय गरेको अन्तर्राष्ट्रिय समीक्षकहरूले उल्लेख गरेका छन्।

MLBL को यो सफलताले नेपाली बैंकिङ नवप्रवर्तनको गुणस्तर र विश्वव्यापी मान्यतालाई अझ मजबुत बनाएको छ र बैंकले स्थानीय तथा सीमा पार वित्तीय सेवामा आफ्नो प्रभावलाई अझ फैलाउने उद्देश्य राखेको छ।