यामाहा नेपाल, MAW Rides Pvt. Ltd. अन्तर्गत, आफ्नो नयाँ सेवा पहल ‘Yamaha BLUE CAMP’ देशभर सुरु गरेको छ। ७ देखि १३ डिसेम्बर २०८२ सम्म चल्ने यस हप्ताभरि सेवा अभियानले ग्राहक सन्तुष्टि बढाउने, नियमित मर्मतसम्भार प्रवर्द्धन गर्ने र यामाहा सवारहरूलाई उत्कृष्ट सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ।
यस अभियानअन्तर्गत, ग्राहकहरू कुनै पनि आधिकारिक यामाहा सेवा केन्द्रमा गएर प्रिमियम सेवा प्राप्त गर्न सक्नेछन्। सेवा केन्द्रहरू बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहनेछन्। ग्राहकहरूले पाउने विशेष सुविधाहरूमा समावेश छन्:
-
निशुल्क बाइक धुने सेवा
-
१५-पॉइंट समग्र जाँच
-
Yamalubeमा १५% छुट
-
स्पेयर पार्ट्समा १०% छुट
-
लेबर चार्जमा ५०% छुट
-
निशुल्क AMC कार्ड
त्यसैगरी, हरेक दिन एक भाग्यशाली ग्राहकलाई पूरा मर्मत शुल्कको १००% क्यासब्याक दिने विशेष अवसर पनि उपलब्ध हुनेछ।
साथै, प्रत्येक सेवा केन्द्रमा ‘Know Your Bike’ सेसनको आयोजना हुनेछ, जहाँ प्राविधिक प्रमुखले ग्राहकलाई बाइक वा स्कुटरका विशेषताहरू, मर्मत आवश्यकताहरू र प्राविधिक पक्षहरूबारे जानकारी दिनेछन्। Safety Ride Session मार्फत सवारी सुरक्षा सम्बन्धी ज्ञान पनि प्रदान गरिनेछ।
MAW Rides Pvt. Ltd. का कार्यकारी निर्देशक तथा CEO दीपक कुमार अग्रवालले भने, “Yamaha BLUE CAMP मार्फत हामी हाम्रा ग्राहकलाई सुरक्षित, सन्तुष्ट र निरापद यात्रा अनुभव सुनिश्चित गर्दै उत्कृष्ट सेवा प्रदान गर्न चाहन्छौं।”
