मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेका छौ: स्वास्थ्य मन्त्री गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतमले मन्त्रालयले मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको बताएकी छन् ।
बुधबार आयोजित स्वस्थ मन, स्वस्थ जीवन मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ नामक कार्यक्रममा बोल्दै उनले मन्त्रालयले मानसिक स्वास्थ्यलाई अब शीर्ष स्थानमा राखिएको बताएकी हुन् ।

उनले भनिन, ‘अहिले हामीले के गरिरहेका छौ भने त्यसलाई यो प्राथमिकताको विषय हो भनेर स्थापित गर्यौ । अहिले आएर कसैले पनि मानसिक स्वास्थको गहनता यसको आवश्यकता नबुझेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कोही छैन । र अन्य साझेदारी निकायमा पनि पून यसले प्राथमिकता स्थापित गर्ने मौका पाएको छ ।’

मन्त्री गौतमले मानसिक स्वास्थ्यका नीति तथा रणनीतिहरू विगतदेखि नै रहे पनि त्यसको कार्यान्वयन गति अत्यन्तै सुस्त र स्रोत सीमित रहेकाले अब यसलाई प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको बताइन् ।

‘हामीले मानसिक स्वास्थको क्षेत्रमा गरेका कामहरु भन्छु है, हामीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्र्तगतका विभिन्न कार्यक्रमहरुमा मानसिक स्वास्थका नीति र रणनीतिहरु, कार्यक्रमहरु नभएका हैनन् । तर तिनीहरुको गति एकदम सुस्त र त्यसको लागि स्रोतहरु एकदमै कम भईरहेको अवस्था छ,’ उनले भनिन् ।

उनले मानसिक स्वास्थ्यसम्बन्धी सरकारी नीतिहरू पर्याप्त र प्रभावकारी भए पनि ती नीतिको प्रचार–प्रसार कमजोर रहेको बताइन् । साथै, उनले यसका लागि हाल विविध पहलहरू अघि बढाइएका र मनोसामाजिक परामर्श उपलब्ध गराउन हटलाइन सेवा सञ्चालनदेखि अन्य

सहयोगात्मक कार्यक्रमहरूमा समेत सम्बन्धित टोली सक्रिय रूपमा सहभागी भइरहेको जानकारी दिइन् ।‘हाम्रा नीतिहरु राम्रा थिए तर त्यसको प्रचारका कुरा राखेका थिएन् । हाम्रा साथिहरुले त्यसको प्रचारको लागि मनोसामाजिक परामर्श दिनका लागि हटलाइनलाई सुचारु गर्नेदेखि अन्य कामहरुमा लागिरहनु भएको छ,’ उनले भनिन् ।