महालक्ष्मी विकास बैंकको सहकार्यमा विधुतीय आइसियू बेड सहयोग

महालक्ष्मी विकास बैंक mahalaxmi

रमेश गुप्ता मेमोरियल ट्रस्टले महालक्ष्मी विकास बैंकको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आइसियू बेड सहयोग गरेको छ । यो सहयोगले नेपालमा क्यान्सर उपचार गरिरहेका बालबालिकाका लागि आवश्यक उपचार अझ पहुँचयोग्य बनाउन सहयोग पुर्‍याउने बताइएको छ ।

ट्रस्टका अनुसार यो पहल देशभर बाल क्यान्सर हेरचाह प्रणाली सुलभ पार्न थालिएको प्रयासको हिस्सा हो । यसका साथै विश्वव्यापी साझेदार वल्र्ड चाइल्ड क्यान्सरको सहकार्यमा सातै प्रदेशका साझा उपचार केन्द्रलाई उपकरण, क्षमता र आवश्यक सहयोग प्रदान गर्दै आएको ट्रस्टले जनाएको छ ।

ट्रस्टका अनुसार नेपालमा बाल क्यान्सरको उपचार परिणाम सुधार गर्न सहकार्य, लगानी र दीर्घकालीन दृष्टिकोण आवश्यक छ ।