बुद्धभुमि नेपाल हाइड्रोपावरमा नीर कुमार क्षेत्री नियुक्त

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको स्वतन्त्र सञ्चालक पदमा नीर कुमार क्षेत्री नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिले मंसिर १७ गते बुधबार दिउँसो ३ बजे बसेको बैठकमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा क्षेत्रीलाई नियुक्त गरेको हो।

कम्पनीका अनुसार, उक्त नियुक्तिलाई मंसिर २४ गते सम्पन्न १७औँ वार्षिक साधारण सभाले पनि अनुमोदन गरेको छ।

निर्माण, ऊर्जा र वित्तीय क्षेत्रमा अनुभवसम्पन्न क्षेत्रीको नियुक्तिले कम्पनीको नेतृत्व तथा नियमनमा थप मजबुती आउने कम्पनीले जनाएको छ। यससँगै बुद्धभुमि नेपाल हाइड्रोपावरको दीगो विकास र परियोजना व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।