मिड सोलु हाइड्रोपावर लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा पुस २१ गते, सोमबार, दिउँसो १ बजे मानसरोबल पार्टी प्यालेस, पुरानो बानेश्वर, काठमाडौँमा बोलाएको छ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
सभाले बोनस शेयरको कर प्रयोजनार्थ ०.७८९० प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनी समूहको तर्फबाट पाँच जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले पुस १३ गते एक दिनका लागि बुकक्लोज गर्ने व्यवस्था गरेको छ। यसअनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।
मिड सोलु हाइड्रोपावरले निरन्तर शेयरधनीमैत्री नीतिमा ध्यान दिँदै, कम्पनीको दीगो विकास र वित्तीय स्थायित्व कायम राख्न सफल हुँदै आएको जनाएको छ।
