लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

सिद्धार्थ बैंक  नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

सुदूरपश्चिमले सुरुवाती दबाब खेपेको छ।

लगातार विकेट झरेपछि सुदूरपश्चिमले लुम्बिनी लायन्सविरुद्ध खराब सुरुवात गरेको हो।

पाँचौँ ओभर खेलेको सुदूरपश्चिमले १९ रन जोडेर ३ विकेट गुमाएको छ। लुम्बिनीका शेर मल्लले तेस्रो विकेट लिएका हुन्।

उनले आरिफ शेखलाई एलबीडब्लु धरापमा पारे। आरिफ ६ बलमा ६ रन बनाएर बाहिरिए।

यसअघि रुबेन ट्रम्पलम्यानले २ विकेट झारिसकेको छ।

एनपीएल उपाधिको भिडन्त आज