सुर्यज्योती लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

काठमाण्डौ । सुर्यज्योती लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०८१/८२ को बिमांकीय मूल्यांकन प्रतिवेदनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

नेपाल बिमा प्रधिकरणले स्वीकृत गरेको बिमांकीय मूल्यांकन प्रतिवेदनका आधारमा कम्पनीले सावधिक जीवन बिमा योजनाहरूमा न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको हो ।

साथै, सावधिक तथा आजीवन जीवन बिमा योजनाहरूमा न्यूनतम ४० देखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बिमा योजनाहरूमा न्यूनतम ४२ देखि ६० रुपैयाँ, वार्षिक अग्रिम भुक्तानीमा न्यूनतम ३८ देखि ४७ रुपैयाँ र चौरासी पूजा जीवन बिमा योजनाहरूमा न्यूनतम ४५ देखि ९० रुपैयाँसम्म बोनस दिने भएको छ ।