एमाले महाधिवेशन : हिजो उद्घाटन आज बन्दसत्र सुरु

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ ।

महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी

नयाँ नेतृत्व चयनका लागि आज आइतबार बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुने छ ।

एमालेको महाधिवेशनमा घन्कियो सुदूरपश्चिमको देउडा
बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ ।

देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष , महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा च्यासलमा रौनक

महाधिवेशन प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ ।

देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आज (आइतबार) बिहान अन्तिम केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ।

बन्दसत्र स्थल भृकुटीमण्डपमै अहिले बिहान ९ बजे केन्द्रीय कमिटीको बैठक बस्ने भएको हो।