जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
सञ्चालक समितिको मंसिर २६ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसमा १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) समावेश गरिएको छ।
लाभांश वितरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछिको दरमा हुनेछ।
