सञ्चारकर्मीलाई ऊर्जा क्षेत्र अभिमुखीकरण, दिगो विकासमा योगदानको तयारी

काठमाडौंमा आर्थिक र ऊर्जा क्षेत्रका समाचार लेखनमा सक्रिय सञ्चारकर्मीहरूका लागि दुईदिने क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम अन्तर्गत आयोजना गरिएको थियो र यसमा ऊर्जा विकासको क्षेत्रमा लामो समयदेखि कार्यरत विज्ञहरूले पत्रकारहरूलाई अभिमुखिकरण प्रदान गरेका थिए। कार्यक्रममा ऊर्जा विकास, पुँजीबजार, जलवायु परिवर्तन, बैंकिङ्ग क्षेत्रमा लगानी, नीति, चुनौती र कानूनी अवस्थासहितका विविध विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो।

कार्यक्रममा डा. रामप्रसाद धिताल, ऊर्जा मन्त्रालयका पूर्वसचिव दिनेशकुमार घिमिरे, कुशल गुरुङ, दिनेश दुलाल, मुरारी पराजुली, नारायणप्रसाद चौलागाई, नवराज ढकाल, सेमन्त दाहाल, शेरसिंह भाट र सूर्यप्रसाद अधिकारीले आआफ्नो विशेषज्ञता प्रस्तुत गरेका थिए।

सञ्चारकर्मीहरूलाई जलस्रोत, जलविद्युत्, स्वच्छ ऊर्जा, कार्बन व्यापार, नेपालमा लगानी वातावरण र कानूनी पाटाहरूबारे विस्तृत जानकारी दिइएको थियो। आयोजकहरूले यस कार्यक्रमले पत्रकारहरूलाई ऊर्जा क्षेत्रको दिगो विकास र जानकारीमूलक समाचार उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।