फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा सञ्चालक फेरबदल भएको छ। आईसीएफसी फाइनान्सबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने लक्ष्मणप्रसाद जैसीको ठाउँमा नयाँ सञ्चालक सञ्जय थपलिया नियुक्त भएका छन्।
गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रवद्र्धक कम्पनीको निर्णय अनुसार जैसीलाई फिर्ता बोलाएर थपलियालाई पठाउने प्रक्रिया पूरा गरेको हो।
अब थपलियाले सञ्चालक समितिमा बाँकी कार्यकालसम्म कार्यभार सम्हाल्ने छन्। जैसी आईसीएफसीका नायब महाप्रबन्धक रहेका थिए भने थपलिया सहायक महाप्रबन्धक हुन्।
