छिमेक लघुवित्तद्वारा इलाममा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

इलाम। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय नेपालटार इलाम एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। देउमाई नगरपालिका २ मा आयोजित उक्त कार्यक्रममा प्रादेशिक कार्यालय इटहरीका प्रदेश प्रबन्धक श्री अवय शर्मा पौडेल प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा ३२ जना सदस्य अभिभावकहरूको सक्रिय उपस्थिति रहेको छ। सहभागीहरूलाई आधारभूत वित्तीय ज्ञान, बचत–ऋण व्यवस्थापन, आय–व्यय नियमन र जिम्मेवार वित्तीय व्यवहारको साथै वित्तीय लक्ष्य कसरी निर्धारण गर्ने, पारिवारिक बजेट कसरी प्रभावकारी बनाउने, डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोग, कर्जा सूचना (क्रेडिट इन्फर्मेशन) को महत्व र बीमासम्बन्धी आवश्यक जानकारी समेत प्रदान गरिएको थियो।

कार्यक्रमको क्रममा शाखा प्रबन्धक लोकनाथ मिश्रले शाखाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा शाखाले हासिल गरेका उपलब्धि र आगामी योजनाबारे जानकारी गराएका थिए। वित्तीय साक्षरता सत्रको सहजीकरण भेषबहादुर विश्वकर्मा र लोकनाथ मिश्रले संयुक्त रूपमा सञ्चालन गरेका थिए । छिमेक लघुवित्तले समुदायस्तरमा वित्तीय पहुँच र ज्ञान अभिवृद्धि गराउने उद्देश्यले निरन्तर रूपमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।