२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स ३०० प्रो नेपालमा सार्वजनिक

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स ३०० प्रो नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । व्यवसायिक मोबाइल फोटोग्राफीलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित ल्याइएको यस डिभाइसमा जाइस क्यामेरा प्रविधि, शक्तिशाली प्रोसेसर र उन्नत सफ्टवेयर अनुभवलाई एकै साथ समेटिएको कम्पनीले जनाएको छ ।

भिभो एक्स ३०० प्रो प्रिमियम डिजाइनका साथ फ्यान्टम ब्ल्याक र ड्युन ब्राउन रंग विकल्पमा उपलब्ध छ । यसको मूल्य नेपाली बजारमा रु. १,७९,९९९ तोकिएको छ । यो स्मार्टफोन मंसिर २९, २०८२ देखि दराज तथा देशभरका आधिकारिक भिभो बिक्री केन्द्रहरूमा उपलब्ध हुने जनाइएको छ ।

क्यामेरा क्षमताको कुरा गर्दा, एक्स३०० प्रोमा जाइससँग सहकार्यमा विकसित गरिएको व्यावसायिक इमेजिङ सिस्टम समावेश गरिएको छ ।
यसमा २०० मेगापिक्सेल जाइस ब्एइ टेलिफोटो क्यामेरा दिइएको छ, जसले उन्नत सेन्सर र स्टेबलाइजेसन प्रविधिमार्फत टाढाका दृश्यहरूलाई पनि स्पष्ट र स्थिर रूपमा कैद गर्न सक्ने क्षमता राख्छ ।

साथै, जाइस गिम्बल–ग्रेड मेन क्यामेराले उज्यालो तथा कम प्रकाश दुवै अवस्थामा उच्च गुणस्तरको तस्बिर प्रदान गर्ने कम्पनीको दाबी छ ।
फोनमा भिभोको इमेजिङ चिप र डाइमेन्सिटी ९५०० प्रोसेसर प्रयोग गरिएको छ, जसले छिटो इमेज प्रोसेसिङ, उत्कृष्ट लो–लाइट फोटोग्राफी र उन्नत भिडियो क्षमतामा सहयोग पुर्याउँछ । सेल्फीका लागि यसमा ५० मेगापिक्सेल जाइस फ्रन्ट क्यामेरा समावेश गरिएको छ ।

सफ्टवेयर पक्षमा, भिभो एक्स३०० प्रो नेपालमा पहिलो पटक ओरिजिन ओएस ६ सहित सार्वजनिक गरिएको हो। यस अपरेटिङ सिस्टमले सहज प्रयोग, छिटो प्रतिक्रिया र एआई–आधारित स्मार्ट फिचरहरू प्रदान गर्ने बताइएको छ । साथै, फोन–टु–पीसी कनेक्टिभिटी र मल्टि–डिभाइस उत्पादकत्वका सुविधाहरू पनि उपलब्ध छन् ।

डिजाइन र अन्य विशेषतामा, यस स्मार्टफोनमा स्लिम बेजेल, उच्च गुणस्तरको डिस्प्ले र आकर्षक फिनिस दिइएको छ । समग्रमा, भिभो एक्स३०० प्रोले उन्नत क्यामेरा क्षमता, शक्तिशाली प्रदर्शन, आधुनिक सफ्टवेयर र प्रिमियम डिजाइनमार्फत नेपाली प्रयोगकर्तालाई पूर्ण फ्ल्यागशिप स्मार्टफोन अनुभव प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।