अर्थ समितिका पूर्व सभापति सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । प्रतिनिधि सभाका सदस्य एवं संघीय संसद अन्तर्गतको अर्थ समितिका पूर्व सभापति सन्तोष चालिसेविरुद्ध अकूत सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर समेत रहेका कांग्रेस नेता चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चालिसेले गैरकानूनीरूपमा आर्जन गरेको रकमबाट सिर्जित सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनकी पत्नी मन्दिरा, छोराहरू सागर र सञ्जीव, तथा बुहारी प्रमिलालाई पनि प्रतिवादी बनाइएको छ ।