सुन–चाँदीमा नयाँ उत्साह

नेपाली बजारमा सुनको मूल्यले निरन्तर उकालो लाग्दै नयाँ रेकर्ड कायम गरेको छ । आज एकैदिन सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो भने छापावाल सुन प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । चाँदीको मूल्य आज प्रतितोला ४५ रुपैयाँले बढेर ३ हजार ८ सय ७० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।