दोर्दी खोला जलविद्युतको साधारण सभा पुस २१ मा

दोर्दी खोला जलविद्युत कम्पनीले आगामी पुस २१ गते सोमबार आफ्नो वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ । कम्पनीको मंसिर २८ गते आइतबार बसेको संचालक समितिको बैठकले सभा बिहान ८ बजे बोलाउने निर्णय गरेको हो।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ भने लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्नेछ।

त्यस्तै, सभाले लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने, हकप्रद शेयर निष्काशन गर्ने, अधिकृत पूँजी र जारी पूँजीसहित कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्ने तयारीमा रहेको छ।

संचालक समितिले नियमक निकायहरूको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन वा थपघट गर्न अख्तियारी पाउने व्यवस्था समेत सभाले पारित गर्नेछ।