एनएमबि बैंकले वार्षिक सभा बोलाइ, बोनस शेयर वितरण गर्ने प्रस्ताव

एनएमबि बैंक लिमिटेडले लाभांश पारितको प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले पुस २४ गते त्रिभुवन आर्मी अफिसर क्लब, टुडिखेलमा बिहान १० बजेबाट सभा गर्ने योजना बनाएको छ।

कम्पनीले चुक्ता पुँजीको ५ प्रतिशत कर बाहेक बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको जारी पुँजी २१ अर्ब ३६ करोड ६७ लाख ५ हजार रुपैयाँ रहेको छ। बोनस वितरणपछि चुक्ता पुँजी २२ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ पुग्नेछ।

बैंकको वर्तमान चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार रुपैयाँ रहेको छ भने बैंकले ९१ करोड ८३ लाख ३५ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने योजना बनाएको छ।

सभामा आर्थिक वर्ष २०८१–०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित, सोही वर्षको नाफा–नोक्सान हिसाब र अन्य विस्तृत आम्दानी विवरणहरू पनि प्रस्तुत हुनेछन्।