स्वावलम्बन लघुवित्तले १०% लाभांश प्रस्ताव, वार्षिक सभा पुस २५ मा

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१–०८२ को वितरणयोग्य नाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीले लाभांश वितरणसँगै आफ्नो वार्षिक साधारण सभा पनि बोलाएको छ।

वार्षिक साधारण सभा पुस २५ गते बिहान ११ बजे लिससारा रिसेप्सन्स, नक्साल, काठमाडौंमा आयोजना हुने भएको छ।

कम्पनीले चुक्ता पुँजीको ४.३६३५ प्रतिशत नगद लाभांश र ५.६३६५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ रहेको छ।

वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन अध्यक्षज्यूद्वारा प्रस्तुत गरी छलफल र पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वासलात र सोही मितिमा समाप्त आ.व. २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा–नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ।