होटल संघ धुलिखेलको अध्यक्षमा प्रल्हाद प्याकुरेल चयन

काभ्रे- धुलिखेल /होटल संघ नेपाल (हान)को क्षेत्रीय सदस्य होटल संघ धुलिखेल (होटल एसोसिएशन अफ काभ्रे)को अध्यक्षमा प्रल्हाद प्याकुरेल चयन भएका छन् । संघको चौथो अधिवेशन तथा वार्षिक साधारणसभाले होटल सारथी लिमिटेडका प्याकुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा माउन्ट प्रिन्सेस होटलकी ज्योत्सना सैंजु, महासचिवमा धुलिखेल लज रिसोर्टका जुलिया माकाजु श्रेष्ठ र कोषाध्यक्षमा होटल हिमालयन होराइजनका क्षितीज श्रेष्ठ चयन भएका छन् ।

संघको सदस्यहरुमा बल्थली भिलेज रिसोर्टका आशिष हुमागाईं, हिमालयन दृश्य रिसोर्टका श्यामकाजी महत, जुगल होटलका टोम सापकोटा, धुलिखेल माउन्टेन रिसोर्टका लीना खड्का श्रेष्ठ र जेरेनियम गार्डेन रिसोर्टका मनीष श्रेष्ठ चुनिएका छन् ।