स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको लाभांश पारित

काठमाडौं/ स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३९औँ वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ । बैंकको सञ्चालक समितिले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

मंगलबार आर्मी अफिसर्स क्लबमा बसेको साधारणसभाले लाभांश पारित गरेको हो । सभाको अध्यक्षता बैंक सञ्चाल समिति अध्यक्ष वेणुगोपाल रंगनाथनले गरेका थिए । सभामा गत आवमा भएका वित्तीय प्रगतिबारे प्रकाश पारिएको थियो । अध्यक्ष रंगनाथनले सेयरधनी, ग्राहक, नियामकीय निकाय,कर्मचारीलगायतलाई साथ–सहयोगका लागि धन्यवाद दिए ।