काठमाडौँ । शिखर इन्स्योरेन्सले आ.व.२०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
बैठकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३१५८ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणले स्वीकृति दिएपछि अनुमोदनमा जानेछ । कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
