काठमाडौँ । नेशनल लघुवित्तले आर्थिक वर्ष २०८१.८२ को मुनाफाबाट बोनस घोषणा गरेको छ । लघुवित्तको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले वितरण गर्न कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३३ करोड रहेको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
