नेपाल टेलिकमले प्रक्षेत थापा क्षेत्रीलाई कम्पनीको नयाँ सह-प्रवक्ता नियुक्त गरेको छ। कम्पनीका अनुसार क्षेत्री हाल नेपाल टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा उप-प्रबन्धकको रूपमा कार्यरत थिए। उनको नियुक्तिले कम्पनीको संचार तथा जनसम्पर्कलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
नेपाल टेलिकमले जानकारी दिँदै भनेको छ कि नयाँ सह-प्रवक्ताको जिम्मेवारीमा कम्पनीको सूचना, संचार रणनीति र सञ्चार व्यवस्थापनमा सहयोग पुर्याउने मुख्य उद्देश्य रहनेछ।
