प्रभु महालक्ष्मी लाइफले ८.४२१% लाभांश घोषणा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस २ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको आधारमा ४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भइसकेपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि सो दरमा लाभांश वितरण सुरु गरिने कम्पनीले जनाएको छ।