सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले चालु वर्षका लागि शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाले दीर्घकालीन वित्तीय सुदृढता र आन्तरिक मजबुतीलाई प्राथमिकतामा राख्दै यस्तो निर्णय लिएको जनाएको छ।
पुस ३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश नबाँड्ने निर्णय गरेको हो। साथै, सोही बैठकले तयार पारिएको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय पनि गरेको छ।
