ब्रिटिश काउन्सिलको आइइएलटिएस उपहार–२०२५ का विजेतालाई सम्मान

ब्रिटिश काउन्सिलको आइइएलटिएस उपहारको तेस्रो संस्करणका विजेतालाई १७ डिसेम्बर २०२५ का दिन आयोजित कार्यक्रममा पुरस्कृत गरिएको छ। सन् २०२४ को सफल संस्करणपछि यसपटक थप परिस्कृत रूपमा विद्यार्थीको सहभागिता र सम्मान सुनिश्चित गर्ने उद्देश्यसहित यो संस्करण आयोजना गरिएको थियो।

१५ अगस्टदेखि ३० नोभेम्बरसम्म पेपर वा कम्प्युटरमार्फत परीक्षा दिन दर्ता भएका र आवश्यक शुल्क बुझाएका विद्यार्थी सहभागी भएका थिए। यसपटक ९७ विद्यार्थीले विभिन्न पुरस्कार जितेका छन्। साप्ताहिक लक्की ड्र मार्फत विजेताको चयन ब्रिटिश काउन्सिलको फेसबुक पेजबाट घोषणा गरिएको थियो।

तीन विद्यार्थीले मासिक विजेता पुरस्कारको रूपमा एप्पल म्याकबुक एयर प्राप्त गरेका छन्:

  • प्रान्तिका अधिकारी

  • श्रद्धा श्रेष्ठ

  • कृतज्ञ श्रेष्ठ

तीन विद्यार्थीले बेलायत, युरोप र अमेरिका जाने टर्कीस एयरलाइन्सको एकतर्फी हवाइ टिकट जितेका छन्:

  • सुशोभन चिमोरिया

  • अतिथी थापा

  • सन्दीप जमकट्टेल

एक विद्यार्थीले अस्ट्रेलिया जाने ब्रिटिश काउन्सिलको प्रायोजित हवाइ टिकट प्राप्त गरेका छन्:

  • शिक्षा त्रिपाठी

पुरस्कार वितरण समारोहमा आइइएलटिएसको दर्ताका लागि योगदान गरेका साझेदार संस्थामध्ये तीनवटालाई पनि पुरस्कृत गरिएको थियो। साझेदार संस्थालाई आइप्याड प्रदान गरिएको छ। उत्कृष्ट साझेदारहरू:

  • आरटीसी इङलिस

  • सुमेधा एजुकेसन नेटवर्क

  • द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी

समारोहमा ब्रिटिश काउन्सिल नेपालकी निर्देशक प्रतिष्ठा थापाले भने– “आइइएलटिएस उपहार अभियानका सबै विजेतालाई बधाइ दिन चाहान्छु। विद्यार्थीको रोजाइ, सुविधा र गुणस्तरमा ध्यान केन्द्रित गर्दै हामीले नेपालभर आइइएलटिएसको पहुँच विस्तार गर्दै आएका छौं। साझेदार संस्थाको सहकार्यले उच्च गुणस्तरिय मूल्याङ्कन सुनिश्चित गर्न ठूलो भूमिका खेलेको छ।”

आइइएलटिएस (IELTS) उच्च शिक्षा र विश्वव्यापी आप्रवासनका लागि विश्वको सबैभन्दा लोकप्रिय अंग्रेजी भाषा दक्षता परीक्षण प्रणाली हो। विश्वव्यापी १३ हजारभन्दा बढी संस्थाले यसलाई मान्यता दिने गरेका छन्। ब्रिटिश काउन्सिल र आइडीपीले संयुक्त रूपमा परीक्षा सञ्चालन गर्दै आएका छन्।