पोखरामा प्रोटोन e.MAS7 मा विशेष एक्सचेन्ज अफर

नेपालको अग्रणी इलेक्ट्रिक वाहन ब्राण्ड प्रोटोन e.MAS, जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत, पोखरामा विशेष एक्सचेन्ज अफर घोषणा गरेको छ। पोखरामा आयोजित यस एक्सचेन्ज कार्यक्रम पुस ७–९ (२२–२४ डिसेम्बर २०२५) सम्म सिटी स्क्वायर बैंक्वेट एण्ड रेस्टुरेन्ट, न्युरोड, पोखरामा सञ्चालन हुने बताइएको छ।

कार्यक्रमका तीन दिन अवधिमा ग्राहकहरूले आफ्नो विद्यमान सवारीसाधन एक्सचेन्ज गर्न इच्छुक भएमा प्रोटोन e.MAS को प्रमुख विशेषता, सेवा, सुविधा र लाभको विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार, एक्सचेन्ज कार्यक्रममा प्रोटोन e.MAS7 को सुरुवाती मूल्य NPR 46.99 लाख रहेको छ। प्रोटोन e.MAS7 मा १६० kW मोटर, १८० mm ग्राउन्ड क्लियरन्स, र NEDC अनुसार ४९२–५८५ किलोमिटरको दायरा उपलब्ध छ। उच्च सुरक्षा सुविधासहित र प्रिमियम डिजाइनमा तयार गरिएको यो इलेक्ट्रिक वाहनको लम्बाइ ४,६१५ mm रहेको कम्पनीले जनाएको छ।