इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले नेपाली उपभोक्ताका लागि “Cooking with Passion” अभियानको माध्यमबाट विशेष उपहार योजना सार्वजनिक गरेको छ। यस योजनाले किचनमा उत्कृष्ट अनुभव र क्रिकेटको उत्साह एकैसाथ प्रदान गर्ने लक्ष्य राखेको छ।
यस योजनाअन्तर्गत एलिकाका चिम्नी र अन्य किचन अप्लायन्स खरिद गर्ने भाग्यशाली ग्राहकहरूले मुम्बईको वानखेड़े स्टेडियममा हुने नेपालको ICC टी–२० विश्वकप खेलको टिकट जित्ने अवसर पाउनेछन्। विजेताले ४ रात र ५ दिनको मुम्बई भ्रमण प्याकेज पनि नि:शुल्क प्राप्त गर्नेछन्।
एलिका ब्रान्ड आफ्नो आधुनिक डिजाइन, शक्तिशाली सक्सन र विश्वस्तरीय प्रविधिका लागि परिचित छ। एलिकाका चिम्नीहरूले धुवाँ, गन्ध र तेलको असरबाट किचनलाई मुक्त राखेर खाना पकाउने अनुभवलाई सहज र स्वच्छ बनाउँछन्, जसका कारण यो नेपाली घरधुरीको पहिलो रोजाइ बनेको छ।
योजना अन्तर्गत सहभागी हुन ग्राहकले आफ्नो प्रोडक्टको वारेन्टी कार्ड नम्बर, उत्पादनको नाम, ग्राहकको नाम र ठेगाना टाइप गरी 31003 नम्बरमा SMS पठाउनुपर्नेछ। योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ र सम्बन्धित सर्त तथा नियमहरू लागु हुनेछन्।
थप जानकारीका लागि नजिकको आधिकारिक एलिका शोरुम वा सिजी इलेक्ट्रोनिकका आधिकारिक प्लेटफर्ममार्फत सम्पर्क गर्न सकिन्छ।
