काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिहीबार बसुन्धरास्थित कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच दुई संस्थाबीच सोसम्बन्धी सम्झौता भएको हो ।
सम्झौता पत्रमा मुक्तिनाथ कृषि कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरे ।
हकप्रद शेयरको विवरण कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ करोड ६० लाख रुपैयाँको ६० प्रतिशत ९।६ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। जसअनुसार ४५ करोड ३६ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ४५ लाख ३६ हजार कित्ता हकप्रद शेयर निष्काशन गरिनेछ ।
कम्पनीको परिचयस् मुक्तिनाथ कृषि कम्पनी नेपालको कृषि क्षेत्रमा व्यावसायिक विकासका लागि कृषक र उपभोक्तालाई जोड्ने अग्रणी संस्थागत मूल्य शृङ्खला व्यवस्थापक हो। कम्पनीले कृषकहरूलाई उत्पादनका साधन, परामर्श, प्रविधि र प्रशोधन सेवा उपलब्ध गराउनुका साथै उपभोक्तालाई गुणस्तरीय कृषि उत्पादन पुर्याउँदै आएको छ ।
