सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले वितरणयोग्य नाफाबाट कुल १३.४३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार हाल कायम चुक्तापुँजी २६ करोड ६४ लाख २४ हजार ३८८ रुपैयाँको आधारमा १३.४३ प्रतिशत लाभांश वितरण गरिनेछ। यसमध्ये १२.७६ प्रतिशत बराबरको ३ करोड ३९ लाख ९३ हजार ९७५ रुपैयाँको बोनस शेयर र कर प्रयोजनका लागि ०.६७ प्रतिशत बराबरको १७ लाख ८९ हजार १५७ रुपैयाँ नगद लाभांश रहनेछ।
घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई शेयरधनीहरुलाई वितरण गरिने सिवाईसी नेपाल लघुवित्तले जनाएको छ।
