नेपाली बजारमा आज सुन र चाँदीको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३४ सय रुपैयाँले बढेको हो।
महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको छ। सुनको मूल्यमा आएको यस वृद्धिले बजारमा सकारात्मक संकेत देखिएको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। आइतबार प्रतितोला ४ हजार १०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३० रुपैयाँले बढेर प्रतितोला ४ हजार २३५ रुपैयाँ पुगेको छ।
