ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच पुष्प खेती र आलङ्कारीक सौन्दर्यीकरण बालीमा हरितगृह प्रविधि प्रयोग तथा सहज कर्जा प्रणाली विकास सम्बन्धी समझदारी भएको छ। सम्झौतामा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार, बैंकले पुष्प व्यवसायी र कृषक लक्षित विशेष हरितगृह कर्जा प्रवाह गर्नेछ भने फ्लोरिकल्चर एसोसिएशन नेपालले आफ्ना सदस्यहरूलाई बैंकको कृषि कर्जा योजनाबारे जानकारी दिनेछ।
यस सहकार्यबाट व्यवसायी र कृषकहरूको पुष्प उत्पादन र उत्पादकत्व वृद्धि, हरितगृह प्रविधिको प्रवद्र्धन, गुणस्तरीय पूर्वाधार विकास र सेवा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ। साथै, जलवायु अनुकुलन अभ्यास, दिगो व्यवसाय र आधुनिक प्रविधि आत्मसाथ गर्न कृषकलाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ।
बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर लगायतका प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ। बैंकका ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ, ६८ एक्सटेन्सन शाखा र राजस्व संकलन काउन्टरसहित १,००० भन्दा बढी सेवा केन्द्र छन्।
