काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
२०८२ साल पुस ७ गते सोमबार, काठमाडौँमा सम्पन्न भएको साधारण सभाले यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजीको ५.३५८३ प्रतिशत अर्थात् १९,०५,५३,६२६.३०/–(उन्नाइस करोड पाँच लाख त्रीपन्न हजार छ सय छब्बीस रूपैयाँ तीस पैसा) बराबरको नगद लाभांश (करसहित) तथा पाँच प्रतिशत अर्थात रू. १७,७८,१२,७८५.९८/–(सत्र करोड अठहत्तर लाख बाह्र हजार सात सय पचासी रुपैयाँ अन्ठानब्बे पैसा) बराबरको बोनस शेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्ताव पारित भएसँगै यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी तीन अर्ब त्रीयत्तर करोड चालीस लाख अड्सठ्ठी हजार पाँच सय पाँच रुपैयाँ त्रीपन्न पैसा पुग्ने भएको छ ।
साधारण सभाले आ.व.०८१/८२ को वित्तीय विवरण सहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।
