एनएमबि बैंकलाई ‘डिजिटल सर्भिसेज आइसिटी अवार्ड–२०२५’ प्राप्त

काठमाडौं/ एनएमबि बैंक लिमिटेडले ‘डिजिटल सर्भिसेज आइसिटी अवार्ड–२०२५’ (इन्टरप्राइज क्षेत्र) प्राप्त गरेको छ ।

बैंकले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत यो अवार्ड पाएको हो । डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थाले उक्त अवार्ड पाउँछन् । बैंकले नयाँ डिजिटल माध्यममार्फत आफ्ना सेवालाई ग्राहकमैत्री बनाएका आधारमा यो सम्मान प्राप्त गरेको बताइएको छ ।

यस उपलब्धिले बैंकको डिजिटल प्रवद्र्धन र ग्राहककेन्द्रित सेवालाई प्रतिबिम्बित गर्छ ।