तीन बर्षको कार्यकाल पूरा गरेर नेपालका लागि चिनियाँ राजदूत छेन सोङ आज सिचुआन प्रान्तको राजधानी छङ्तुतर्फ प्रस्थान गरेका छन् ।
राष्ट्रिय राजनीति उताचढाव-नेपालका लागि चिनियाँ र अमेरिकी दाजदूत सङ,थम्पसन फिर्ता हुँदै
उनि दिउँसो सिचुआन एअरलाइन्सको उडान नम्बर ३ यु ३९०२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तिआनफु अन्तर्राष्ट्रिय विमानस्थल गएका हुन् ।
राजदूतसँगै श्रीमती याङ चिहोङ र छोरा छन सिकुन पनि छन् । यसअघि राजदूत छनले हिजो राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार बिदाइ भेट गरेका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीसँग गत साता सिंहदरबारमा भएको भेटघाटमा आफू कार्यकाल पूरा गरेर स्वदेश फर्कन लागेको जानकारी दिएका थिए ।
