क्रिसमसको दिन आज सुनचाँदी केहि सस्तो

अघिल्लो दिनको तुलनामा आज बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँ घटेको हो ।

हिजो बुधबार छापावाल सुन तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च थियो ।

तर, बिहीबार भने छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको हो ।

यस्तै बुधबार चाँदीको मूल्य तोलामा २ हजार ४२० रुपैयाँ थियो । बिहीबार भने चाँदीको मूल्य घटेर ४ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।