काठमाडौं/ राष्ट्रिय वाणिज्य बैंक दुई विधामा सम्मानित भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)द्वारा डिजिटल भुक्तानी र प्रविधिमैत्री बैंकिङ सेवामा उल्लेखनीय योगदान पुर्याएबापत बैंक सम्मानित भएको हो । बुधबार एनसिएचएलको १७औँ वार्षिकोत्सवमा सबैभन्दा बढी ‘क्युआर’ मर्चेन्ट र डिजिटल सरकारी कारोबार गर्ने बैंकका रूपमा पुरस्कृत गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले उक्त अवार्ड ग्रहण गरेका छन् ।
