युरोपेली मुलुक पोल्यान्डमा राजा वीरेन्द्रको सम्झनामा भएको फुटबल प्रतियोगिताको उपाधि होमिज वारसाले जितेको छ।
पोल्यान्डको राजधानी वारसाको डोमिनिका मेरिलिनेगोस्थित वारसा फुटबल सेन्टरको मैदानमा भएको फाइनल खेलमा फिनल्यान्डको लालीगुराँस क्लबलाई २(१ ले हराउँदै होमिज वारसाले उपाधि हात पारेको हो।
विजयी होमिजले मेडल, ट्रफी र प्रमाणपत्रसँगै ७ हजार ज्लौटी (नेपाली २ लाख ७ हजार) पुरस्कार प्राप्त गरेको छ।
उपविजेता लालीगुराँसले भने मेडल, ट्रफी र प्रमाणपत्रसँगै ३ हजार ७ सय ७७ ज्लौटी (नेपाली १ लाख ५० हजार) पायो।
नेपालखबरबाट साभार
