प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै केही दिनयता माइतीघर मण्डलामा आमरण अनसन बसिरहेका डा.निकोलस भुसालको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघले माग गरेको छ ।
संघले आज विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य स्थिति बिग्रँदै गएकोले जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न सरकारसँग माग गरेको छ ।
भुसाल गत पुस ८ गतेदेखि आमरण अनसनमा छन् । उनलाई रिंगटा लाग्ने, शरीर सुन्निेजस्ता स्वास्थ्य समस्या देखिन थालेको संघको भनाइ छ ।
‘उहाँको अवस्थाप्रति सरकारले गरेको बेवास्ताका कारण स्वास्थ्यमा थप जटिलताहरु देखा पर्दै गएको अवस्था छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘हरेक नेपालीको स्वस्थ रुपमा बाँच्न पाउने मौलिक अधिकार भएकोले डा.भुसालको जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न संघ सरकारसँग माग गर्दछ ।’
