सूर्यज्योति लाइफको पोलिसी लोनको साँवा र ब्याज अब अनलाइनबाटै भुक्तानी गर्न सकिने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरूको सुविधाका लागि प्रविधिमैत्री सेवा विस्तार गर्दै ‘पोलिसी लोन’ (Policy Loan) को साँवा तथा ब्याज अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ। अब बीमितहरूले बीमालेख धितो बापत लिएको कर्जाको भुक्तानी घरमै बसेर डिजिटल माध्यमबाट गर्न सक्नेछन्।

यस सेवाका लागि कम्पनीले eSewa, Khalti, Fonepay, ConnectIPS र NIC ASIA बैंकको मोबाइल बैंकिङ जस्ता डिजिटल वालेट तथा भुक्तानी प्रदायकहरूसँग सहकार्य गरेको छ। कम्पनीले चालु असार मसान्तभित्र कर्जाको साँवा र ब्याज भुक्तानी गरी थप ब्याजको भारबाट जोगिन आफ्ना ग्राहकहरूलाई आग्रह समेत गरेको छ। थप जानकारीका लागि कम्पनीको नजिकैको शाखा कार्यालय वा आधिकारिक ईमेलमा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।