ग्राहकको सेवामा समर्पित नेपाल बैंकको अत्याधुनिक ‘कल सेन्टर’ सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट र तत्काल सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। बैंकको सेवा सम्बन्धी जानकारी, सूचनामूलक सामग्री र ग्राहकका अमूल्य सुझावहरू सङ्कलन गर्न यो केन्द्र प्रभावकारी माध्यम बन्ने बैंकको विश्वास छ।

ग्राहकहरूले बैंकसँग सम्बन्धित कुनै पनि जिज्ञासा वा समस्याका लागि कल सेन्टरको नम्बर ०१-५९७१२२२ वा टोल फ्री नम्बर १६६००१३७३७३ मा सम्पर्क गर्न सक्नेछन्। बैंकले फेसबुक, ट्वीटर (X), इन्स्टाग्राम र टिकटक जस्ता सामाजिक सञ्जालहरू मार्फत पनि आफ्ना गतिविधिहरू सम्प्रेषण गर्दै आएको छ। धर्मपथ, काठमाडौंमा प्रधान कार्यालय रहेको यस बैंकले डिजिटल सञ्चारलाई प्राथमिकता दिँदै सेवालाई अझ सहज बनाएको छ।