घरेलु बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा झरेको छ। सुनको मूल्यमा आएको यस गिरावटले बजारमा केही सहजता आएको व्यवसायीहरूको भनाइ छ।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १२० रुपैयाँले घट्दै मंगलबारको प्रतितोला ४ हजार ५९० रुपैयाँबाट आज बुधबार प्रतितोला ४ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ।
