राष्ट्रिय एकता र मिलनले वर्तमान राजनीतिक चुनौती पार गर्न सकिन्छ: शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रिय एकता र मिलन अपरिहार्य भएको बताएका छन्। आज राष्ट्रिय समन्वय दिवसको अवसरमा जारी प्रेस वक्तव्यमा नेता कोइरालाले केवल राजनीतिक दल मात्र नभई सम्पूर्ण मुलुकले एकता र समन्वयको मार्ग अपनाउनुपर्नेमा जोड दिएका छन्।

कोइरालाले भने, “हालको राजनीतिक परिस्थितिमा जनविश्वास अत्यन्त आवश्यक छ। यदि हामीले जनविश्वास जित्न असफल भयौं भने हाम्रो सान्दर्भिकता हराउँछ। नेपाली कांग्रेसको नेतृत्वले देशका लागि राजनीतिक समाधान दिन सक्छ।”

उनका अनुसार, बी.पी. कोइरालाका राष्ट्रिय समन्वय सम्बन्धी सिद्धान्तमा दृढ रहँदा कठिन समयलाई सहज रूपमा पार गर्न सकिनेछ। नेता कोइरालाले वर्तमान चुनौतीहरूलाई पार गर्दै मुलुकमा स्थिरता र विकास सुनिश्चित गर्न राष्ट्रिय एकता र मिलनको महत्वलाई विशेष रूपमा उलेख गरेका छन्।